Donate
News

Successful Case story

Successful Case Story :074

विशेष घटना कथाको शिर्षक ः

घटना कथा ः“रिफ्लेक्टको पहलमा नागरिकता पाएकी विमला” (“Mrs. Bimala got citizenship on effort of REFLECT”)

जिल्ला ः दाङ

विशेष घटना कथाको ठाउँ ः उरहरी ६ मोतीपुर

तयार पार्ने ः विनोद चौधरी

संस्था ः समाजमा वातावरणीय शिक्षाको विकाश (सीड), दाङ

१) मुद्धा (ष्ककगभ) वा समस्याको पृष्ठभूमी ः

दाङ्ग जिल्ला उरहरी गाउ विकास समिति वडा नं. ६ मोतीपुर निवासि २७ वर्षिय विमला चौधरीको पारिवारिक अवस्था मध्ययम खालको रहेको छ । १० जनाको संयूक्त पारिवार रहेको विमलाको दैनिक जिवन घरको कामकाजका लागि परिवारलाई सहयोग गर्नमा नै वेतीत हुने गरेको छ । अहिले भन्दा ९ वर्ष अगाडि १८ वर्षको उमेरमा उनको विवाहा भयो । विवाह भएको केहि समय पारिवारिक वातावरण राम्रै रहेता पनि विस्तारै उक्त सम्बन्ध विग्रदै गएको उनले वताइन । उनी र श्रीमानको विचको समबन्ध राम्रो हुन नसके पछि अन्न्तत श्रीमाले २०७२ सलमा सर्मीला चौधरी संग दास्रो विवाह गरेको उनले वताईन । श्रीमानले दोसा्रे विवाह गरेपछि मैले कुनै प्रतिकार गर्न सकिन किनकि कि मेरो पक्षमा वोल्ने कोहि थिएन, म घरवाट एक्लो भएकी थिए । श्रीमानले दास्रो विवाह गरेपछि म एक्लोपनाको महशुस गर्न थाले मेरो पक्षमा वोल्ने कोहि पनि थिएनन् । मेरो आशा निरासामा वदलिएर आउँथ्यो तर पनि छोराको भविष्यको लागि मैले केहि त गर्नु पर्छ तर के गर्ने भन्ने कुरा मलाई नै थाहा थिएन । वहु विवाहा कानुनी अपराध हो भन्ने कोराको पनि थाहा थिएन त्यसैले पिडा सहेर वस्नुपर्ने बाध्यता थियो । म विवाह गरेको छु र म नागरिक हु भन्न्ने प्रमाण कुनैपनि मसंग थिएन । प्रमाणको रुपमा गाउ समाज र मसंग भएको छोरा मात्रै थियो । जसका लागि कानुनी प्रकृया अनुसार आगाडि बढ्नका लागि म संग कुनै प्रमाण थिएन फलस्वरुप पिडा सहेर वस्नुको कुनै विकल्प मसंग थिएन ।

२) समस्या समाधान गर्नका लागि गरिएको प्रयास तथा प्राप्त उपलब्धि ः

समाजमा वातावरणी शिक्षाको विकास (सीड) संस्था मार्फत उक्त टोलमा रिफ्लेक्ट केन्द्र सञ्चालन भईरहेको थियो । उक्त छलफल केन्द्रमा महिला अधिकार सम्बन्धि विभिन्न विषयमा (जन्मदर्ता, नागरिकता, विवाहादर्ता, वाल विवाहा, बहुविवाहा, सामाजिक कुसंस्कार, जातीय , वर्गिय तथा लैङ्गिक विभेद) जस्ता विषयमा छलफल हेने गर्दथ्यो। उक्त छलफल केन्द्रमा विमला चौधरी पनि आउन थाल्नु भयो । जन्मदर्ता, नागरिकता, विवाहा दर्ता सम्बन्धि विषयमा छलफल गर्ने क्रममा विमला चौधरीको श्रीमाले बहुविवाहा गरेको र विमलाको विवाहा दर्ता, नागरिकता र उनको छोराको समेत जन्न्मदर्ता बनेको थियो । यसकोे विषयमा छलफल गर्दा घरपरिवारले वनाउन नमानेको नागरिकता र विवाहा दर्ता वनाउने विषयमा कुरा राख्दा सम्पत्तिको लागि बनाउन खोजेको भनि घर परिवारवाट विभिन्न किसिमका हिंशा समेत भेग्न परेको दुखेसो पोख्नु भयो । उक्त छलफल केन्द्रमा यि विषयमा छलफल हुने गरेको र विमला चौधरी सहभागि हुने गरेको कुरा घर परिवारले थाहा पाएपछि छलफल केन्द्रमा जान समेत रोक लगाएको विमला चौधरीले वताउनु भयो । जसको कारण घरपरिवा तथा श्रीमान वाट शारीरीक र मानसिक हिंशा समेत भोग्न बाध्य भएको उनको भनाई रहेको थियो । यस विषयमा निरन्तर रुपमा छलफल हुदै गयो । र विमला चौधरी,को नागरिकता र विवाहा दर्ता वनाउनु पर्छ भन्ने कुरामा हामि रिफ्लेक्ट केन्द्रका सवै सहभागिहरुको प्रयासमा करिब ६ महिना पछि घरपरिवारका सदस्यहरुको सहमतीमा विमला चौधरीको नागरिकता , विवाहादर्ता र उनको छोराको जन्मदर्ता बनाउन सफल भएको कुरा रिफ्लेकट केन्द्रकी सहजकर्ता पार्वती चौधरीले वताउनु भयो । अहिले नागरिकता विवाहा दर्ता र छोराको जन्मदर्ता वनाउन सफल भएकोमा निकै खुसि भएको वताउनु हुन्छ ।

३. आएको उपलब्धिको वारेमा विमला चौधरीको भनाई ः

म अभिले निकै खुसि छु । म नागरिकता विवाहा दर्ता र छोराको जन्मदर्ताको लागि संघर्ष गर्दै आईरहेको थिए तर घरपरिवालेले बनाउन मानिरहेका थिएनन् । अहिले पनि यि कुराहरु प्राप्त गर्नको लागि निकै संघर्ष गर्नुप¥यो । म मात्रको एक्लो प्रयासल े यि कुराहरु सम्भव थिएनन् । र कानुनी रुपमा यि प्रमाणहरु प्राप्त गर्न सक्ने थिएन । नागरिकता, जन्मदर्ता, विवाहार्ताको महत्वको वारेमा जानकारी थिएन । जव समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको सहयोगमा हाम्रो टोलमा रिफ्लेक्ट केन्द्र सञ्चालन भयो उक्त रिफ्लेक्ट केन्द्रमा म पनि सहभागि हुने अवसर पाए र आफ्नो समस्या राख्ने अवसर पनि प्राप्त भयो । छलफल केन्द्रमा सहभागि हुने दिदिबहिनीहरुको अथक प्रयासमा मेरो घरपरिवारलाई सम्झाई बुझाई पारि परिवारका सदस्यहरु सहमतीमा आएपछि मेरो नागरिकता, विवाहा दर्ता र छोरोको जन्मदर्ता बन्न सफल भएको छ ।

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *