Donate
News

Early Marriage Interaction-SEED 2018

Early Marriage Interaction-SEED 2018

समाजमा वातावरणीय शिक्षाको विकास (सीड)

तुल्सीपुर  दागं

 

कार्यक्रम सम्पन्न प्रतिवेदन

कार्यक्रमको नाम ः वालविवाह न्यनिकरणका लागि सरोकारवालाहरु संग अन्र्तकृया कार्यक्रम

कृयाकलाव नं. ः  १.१०

जम्मा वजेट ः १४,७५०।०                                  कार्यक्रम सम्पन्न मितिः २०७५।१२।०५

  • पृष्ठभुमि 

समाजमा वातावरणिय शिक्षाको विकास सीड र आई एम नेपालको संयुक्त  साझेदारीमा सञ्चालित  गरिव तथा सिमान्तकृत समुदायको वालावालिकाहरुको गुणस्तरिय शिक्षाका लागि  आर्थिक तथा  सामाजिक समावेशीकरण कार्यक्रम २०१९ देखि २० अन्र्तगत  वालविवाह न्यनिकरणका लागि सरोकारवाला निकायहरु संग अन्र्तकृया कार्यक्रममा शान्तिनगर गाँउपालिकामा रहेका शान्तिनगर र दंगिशरण गाउपालिकाका अध्यक्ष, वडा अध्यक्षअरु, जनप्रतिनिधिहरु, महिला विकास प्रमुख महतवा, थारु अगुवा, पन्डित, किशोर किशोरी, योग प्रशिक्षक र अन्य सरोकारवाला निकाय तथा पत्रकारहरुको सहभागितामा  यस वालविवाह रोकथामको लागि अन्र्तकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रम समाजमा  वातावरणिय शिक्षाको विकास सीड सस्थाको अध्यक्ष श्री राममोति चौधरीको सभापतित्व तथा शान्तिनगर गाउपालिकाको अध्यक्ष कमानसिंड्ड  डाँगीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

२.  कार्यक्रमको उदेश्यहरु ः

सरोकारवाला निकायहरुमा वालविवाह रोकथामको लागि जनचेतना अभिवृद्धी  गर्न ।

वालविवाह रोकथामका लागि सरोकारवाला निकायलाई जागरुक गराउन  ।

गाउपालिकामा रहेका सरोकारवाला निकाय, महतवा, अगुवा, निगरानी समुहका सदस्यहरु, रिफलेक्ट तथा  अन्य सरोकारवाला निकायहरुलाई वालविवाह न्युनिकरणकालागि जिम्वेवार वनाउन ।

३. कार्यक्रमको विधि ः

य             पावर प्वाइन्ट प्रस्तुतिकरण तथा अवस्था विश्लेषण

य             खुल्ला छलफल तथा अन्र्तकृया

य             प्रतिवद्धता  जाहेरी

 

४. कार्यक्रमको विष्तृत  विवरण ः

यस वालविवाह न्युनिकरणका लागि सरोकारवाला निकायहरु विचमा  अन्र्तकृया कार्यक्रम शान्तिनगर गाँउपालिकामा मिति २०७५ चैत्र ०५ गते  मंगलवारका दिन सम्पन्न भएको हो । सिड सस्थाको अध्यक्ष श्री राममोति चौधरीको अध्यक्षता, तथा शान्तिनगर गाँउपालिका अध्यक्ष कमानसिंग डांगीको प्रमुख आथित्यमा रहेको यस कार्यक्रममा कार्यक्रम संयोजक माधव राज चौधरीले वालविवाहको अवस्था,वालविवाह, वालविवाह समन्धि कानुनि प्रावधानहरु,वालविवाहका असर तथा  चुनौतिको विषयमा प्रस्तुतिकरण गरिएको थियो ।  यस अन्र्तगत निम्न विषयहरु छलफल गरिएको थियो ।

 

वालविवाह भनेको के हो ?

             शारीरिक, मानसिक, बौद्धिक तथा संवेगात्मकरुपमा पूर्ण विकास नहुँदै कानूनले तोकेभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भनिन्छ । बालविवाह एक सामाजिक कुरिती र कानुनी अपराध हो । यसले बालअधिकार हनन हुनुका साथै बालबालिकाको विकासमा बाधा पुग्छ । बिश्व परिवेशमा १८ बर्ष मुनि हुने विवाहलाई बालविवाह भनिन्छ । नेपालमा भने बीस बर्ष नपुगी विवाह गर्न नहुने कानूनी प्रावधान छ ।

 

 

बालविवाह सम्बन्धी कानूनी प्रावधानहरु ः

             नेपालको संबिधान २०७२ को धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । यसका १० वटा उपधारामा बालबालिका सम्बन्धी बिभिन्न अधिकार संरक्षण गरिएको छ ।

             जसमध्ये बालविवाह सम्बन्धी प्रावधान पनि समेटिएको छ । उपधारा (५) मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भन्ने उल्लेख गरिएको छ ।

             उपधारा (१०) मा उपधारा (५) विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने प्रावधान राखिएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ मा बाल विवाह सम्बन्धी व्यवस्था

दफा १७३. बाल विवाह गर्न नहुने ः

             (१) विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।

             (२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।

             (३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

दफा १७१ ः मञ्जुरी विना विवाह गर्न नहुने ः

             (१) विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन ।

             (२) उपदफा (१) बमोजिम मञ्जुरी विना भएको विवाह बदर  हुनेछ ।

             (३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिमाना हुनेछ ।

             स्पष्टीकरण ः यस दफाको प्रयोजनका लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनुपर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

“मुलुकी देवानी (संहिता) ऐन, २०७४”

             दफामा ७०. विवाह हुन सक्ने ः

             (१) यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिला बीच विवाह हुन सक्नेछ ।

             (क) पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा,

             (ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा,

             (ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा,

             (घ) बीस वर्ष उमेर पूरा भएमा ।

बालबालिका सम्बन्धी ऐन २०७५

 

             बालबालिका सम्बन्धी ऐन २०७५ मा पनि बालविवाहलाई बालबालिका बिरुद्धको कसुरमा राखिएको छ ।

             दफा ६६ ः बालबालिका बिरुद्धको कसुर

             उपदफा २ को खण्ड (ण) ः बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने गराउने ।

             दफा ७२ ः सजाय ः

             उपदफा ३ को खण्ड (ख) ः यस्तो कसुर गरेमा तीन बर्षसम्म कैद र ७५ हजार रुपयाँसम्म जरिवाना ।

माथि उल्लेख गरिएका कानुनि विषयमा प्रस्तुतिकरण  गरिएको थियो । त्यसैगरी वालविवाहको कारणहरु, वालविवाहले पार्ने असरहरु तथा स्थानिय निकायको भुमिकाहरुको विषयमा  पनि प्रस्तुतिकरणको माध्यमवाट व्याख्या गरिएको थियो । प्रत्येक निकायले आ आफनो तहवाट खेल्नु पर्ने भुमिकाको विषयमा अन्र्तकृया तथा प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

 

५. सहभागि सख्या ः

यस कार्यक्रममा जम्मा ३१ जनाको सहभागिता रहेको थियो । जस मध्ये पुरुष ः २० जना महिलाः ११  जनाको सकृय सहभागिता रहेको थियो ।

५. उपलव्धीहरु

स्थानिय सरकारहरुले कार्यक्रमलाई वाल विवाह न्युनिकरणका लागि  विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर सिड सस्था संग समन्वय तथा सहकार्य गरेर वालविवाह न्युनिकरणका लागि उपउक्त निति तथा निर्देशिकाहरु ल्याएर वाल विवाह रोकथामका लागी अभियान चलाउने  प्रतिवद्धता जाहेर गरेका छन्  ।

य             सीड सस्था द्धारा सञ्चालित  वालविवाहका कार्यक्रममा  स्थानिय सरकारले थप सहयोग तथा लगानि गर्ने प्रतिवद्धता जाहेर  गरेका छन्  ।

य             वालविवाह रोकथामको लागि थारु समुदायका महतहवा, अगुवाहरुले समुदायमा २० वर्ष उमेर नपुग्दै हुने विवाहलाई समुदायको अगुवाको हैसियतले विवाहका लागि स्वीकृति नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

य             पुरोहित, पण्डीत तथा योगा  प्रशिक्षकहरुले वालविवाह रोकथामको लागि साइत हेराउदा, कुण्डली हेराउदा तथा लगन गाठो मिलाउदा विवाहका लागि कुरा मिलाउदा २० वर्षभन्दा उमेर कम भएको अवस्थामा आफुहरुले विवाहको साइत नजुराउने प्रतिवद्धता जाहेर गरेका छन् ।

य             योगा प्रशिक्षकहरुले वालविवाह न्युनिकरणका लागि योगा केन्द्रमा पनि छलफल चलाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

य             रिफलेक्छ तथा  निगरानि समुहका महिलाहरुले वालविवाहको विषयमा महिला समुह, आमा समुह तथा  अन्य समुहहरुमा पनि वालविवाह गर्नुू हदैन भन्ने विषयमा अन्र्तकृया तथा छलफल चलाउने  प्रतिवद्धता जाहेर गरेका छन् ।

य             स्थानिय सरकारले स्ांस्चालित कार्यक्रमलाई स्थायि र दिगो वनाउनको लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

 

६. सल्लाह तथा सुझावहरु ः

ड्ड             वालविवाह न्युनिकरणका लागि गरेको यस किसिमको कार्यक्रमहरुले निकै प्रभावकारी भुुमिका निवार्ह गर्दै आइरहेको विषयमा प्रशंसा गरेका छन् ।

ड्ड             वालविवाह न्युनिकरणका लागि वालविवाह  गरेका जोडीहरुको अनुभवहरुको आदान प्रदानका लागि त्यसता किसिमको जोडीकोहरुको सहभागितालाई पनि जोड दिनु पर्ने कुरामा जोड दिइएको छ ।

 

७. निश्कर्ष ः

             बालविवाह परिवार, समाज र राष्ट्रका लागि निकै ठूलो समस्या बन्दै गएको छ । अधिकांश परिवारले आफ्ना सन्तानमा देखेको भबिस्य बालविवाहका कारण चकनाचुर भएका छन् ।

             बालविवाहपछि शिक्षा अलपत्र पर्दा अभिभावक र बालबालिकाको सपना अधुरा भएका छन् । बालबालिकाको जीवन पनि वर्वाद् भएको छ ।

             बालबालिकालाई विवाह हुनबाट बचाउन तीनै तहका सरकारले बालविवाह सम्बन्धी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्दै गाउँसमाजमा चेतनामुलक अभियानहरु सञ्चालन गर्नुपर्छ ।

             बालबालिकाहरुलाई बालविवाहबिरुद्ध सशक्तरुपमा बोल्नसक्ने बनाएर बालविवाह न्यूनिकरण अभियानमा सहभागी गराउनुपर्छ ।

             बालविवाहले बालबालिकाको जीवन, परिवार र समाजमा पारेको गम्भिर प्रभावको समिक्षा गरी बालबालिकालाई बालविवाहबाट बचाउन आबश्यक प्रभावकारी कदमहरु चालिनुपर्छ ।

             यो सामाजिक कुरिती र कुसंस्कारको अन्त्य गरी बालबालिकालाई थप जोखिमबाट बचाउन आबश्यक छ ।

             बालविवाहबाट बालकभन्दा बालिका बढी प्रभावित भएको देखिएकोले उनीहरुको सशक्तिकरणमा जोड दिनुपर्छ ।

             बालविवाहलाई कहिलेकाहींको छलफलको बिषय मात्र नठानी यसलाई न्यूनिकरण गर्न नियमित सशक्त अभियानहरु सञ्चालन गर्नुपर्छ ।

             हरेक बालबालिका, परिवार र समुदायसम्म सन्देश पुग्ने गरी सचेतना अभियान थाल्नुपर्छ ।

             समाजका हरेक सचेत बर्ग, सामाजिक र सामुदायिक समूह, संघ संस्थाहरु पनि यस अभियानमा नियमिमत सामेल भएमा बालविवाहमुक्त समाज निर्माण गर्न सकिन्छ ।

             बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लाई संघीय संरचना अनुसार परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।

 

प्रतिवेदन

माधव राज चौधरी

कार्यक्रम संयोजक

सीड तुल्सीपुर

दांग

 

 

 

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *