Donate
News

गुणस्तरीय शिक्षा बनाउन हातेमालो आवश्यक

गुणस्तरीय शिक्षा बनाउन हातेमालो आवश्यक

तुलसीपुर
४-चैत्र / गुणस्तरीय शिक्षाका लागि सबैको हातेमालो आबश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शिक्षक, बिद्यार्थी, अभिभावक, गैरसरकारीसंस्था, स्थानीय सरकारलगायत सम्बन्धित सम्पूर्ण निकायको हातेमालो हुन आबश्यक रहेको बक्ताहरुले बताएका हुन् ।

समाजमा वातारणीय शिक्षाको बिकास ( सीड) तुलसीपुरको आयोजनामा गाउँपालिका परियोजना सुझाब समिति गठन कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । साथै आईतबार तुलसीपुरमा कार्यक्रम गरी शान्तिनगर र दंगीशरण गाउँपालिकास्तरीय परियोजना सुझाब समिति गठन गरेको हो । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, कृषि , महिला तथा बालबालिकाशाखाको जिम्मेवारी सम्हाल्दै आएको जनप्रतिनिधि तथा कर्मचारीहरु सम्मिलित समिति गठन गरिएको हो । शान्तिनगर गाउँपापालिकामा अध्यक्ष कमानसिंह डाँगीको संयोजकत्वमा समिति गठन गरिएको छ भने दंगीशरण गाउँपालिकामा अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ ।

शान्तिनगर गाउँपालिकाको संहसंयोजकमा शिक्षा शाखाका घनश्याम वली, सदस्यहरुमा कृषि शाखाका यामकान्त पाण्डे, महिला तथा बालबालिका शाखाका गुप्ता अधिकारी, वडा नं. ६ का अध्यक्ष पीमलाल वली, ५ का अध्यक्ष गिरीराज बस्नेत, २ का अध्यक्ष फर्साराम डाँगी, १ का अध्यक्ष जंग बहादुर पुनरहेका छन् । त्यस्तै दंगीशरवण गाउँपालिकाको सहसंयोजकमा शिक्षा शाखाका अनिल केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा स्वास्थ्य शाखाका बिष्णु केसी, कृषि शाखाका शरु शाह, पशु शाखाका भरत देवकोटा, वडा नंबर २ का अध्यक्ष तुलसीराम देवकोटा, १ का अध्यक्ष श्रीप्रशाद चौधरी रहेका छन् ।

सीडले सञ्चालन गरेका कार्यक्रमहरु प्रभाबकारी बनाउन, समन्वयको भुमिका निर्बाह गर्न, सल्लाह सुझाब दिन, कार्यक्रमलाई उपलब्धीमुलक र पारदर्शी बनाउन सुझाब समिति गठन गरिएको सीडका कार्यक्रम संयोजक माधब चौधरीले बताए ।

‘सीडका कार्यक्रमहरु प्रभाबकारी, ब्यबस्थित र पारदर्शी बनाउन सुझाब समिति गठन गरिएको हो’ उनले भने ‘ कार्यक्रमलाई सफल र मर्यादित बनाउन समितिले महत्वपूर्ण सुझाब दिने छ ।’

More details….

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *